AuthorsDen.com   Join | Login    
Where Authors and Readers come together!

SIGNED BOOKS    AUTHORS    BOOKS    SAMPLE CHAPTERS    AUDIOBOOKS    eBOOKS    STORIES    ARTICLES    POETRY    BLOGS    NEWS    VIDEOS    SUCCESS    TESTIMONIALS

Featured Authors:  Riley Blake, iEdward Patterson, iWilliam Martell, iMaryAngela Nangini PhD, iDebra Kraft, iR.E.E.S Blogs Linda Smith, Publisher, iBethany Peterson, iKalikiano Kalei, iNeenah Davis-Wilson, iT. Weber, i

  Home > Literary Fiction > Stories
Popular: Books, Stories, Articles, Poetry      Authors: A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z     

D. R THAPA

 Follow Me  

· Contact Me
· Sponsor Me!
· Stories
· 2 Titles
· 2 Reviews
· Save to My Library
· Share with Friends!
·
Member Since: Jul, 2010

D. R THAPA, click here to update your pages on AuthorsDen.


SMRITIMA
by D. R THAPA
Friday, July 19, 2013

Rated "G" by the Author.

       
Recent stories by D. R THAPA
· SMRITIMA
           >> View all 2


     GORKHAS AT THE TIME OF PARTITION

                                          स्मृतिमा

- डी.आर. थापा, हाल नयाँ दिल्ली, भारत 

धनवीर खड्का सन् १९४७ मा देशको विभाजन हुँदा दिल्लीको शरणार्थी क्याम्पमा सहायताको लागि खटिएका थिए | गोर्खा बटालियन रिलिफ क्याम्पमा शरणार्थीहरुलाई दवाई पानी र लुगाफाटा लगायत खाने कुरा र तम्बुको बन्दोबस्त गर्नु उनको प्रमुख कार्य थियो |

हवल्दार मेजर धनवीर खड्का र पाँच - छजना सिपाहीहरुचाहिँ आनन्द पर्वतको क्याम्पमा जाँदा त्यहाँनेर एकजना वृद्ध अनुहारमा विरक्ति र नैराश्यभाव साथै अश्रुसित आँखामा अथाह वेदना र व्यग्रता बोकेर विलाप गरिरहेका थिए |

पछि तिनलाई सोध्दा थाहा भयो कि प्रथम र द्वितीय विश्वयुद्धमा भाग लिने सुबेदार मानवीर छेत्री पो रहेछ |

पेन्सनपछि क्वेटा शहरस्थित छावनी मै सानोतिनो हुटेल खोलेर आफ्नो परिवारको भरण - पोषण गरिरहेको तर हाल पुरै परिवार बेपत्ता, र कुनै समाचार नपाउँदा बुदो मानवीर भक्कानो छोडेर रोइरहेका थिए | हजारौं परिवार बेपत्ता भएको छ | चारैतिर नैराश्य, कोलाहल र चित्कार मात्र सुनिन्छ |

शरणार्थी क्याम्प कस्तो हुन्छ | भय, रोग,भोक, विलाप, तिरस्कार, मानसिक उत्पीडन र फोहोर छ यो क्याम्प सुँगुरको खोर जस्तो छ | खापैखाप नानीहरु केटाकेटीहरु सुतिरहेका छन् | हजारौं शरणार्थीहरुमा १०/१२ घर गोर्खा परिवारको पनि थाहा लाग्यो | कोही आसाम(नेफा) का कोही देहरादुन, कोही हिमाचल , सिक्किम र दार्जीलिंगकाहरु थिए | सबै अवकाशप्राप्त सिपाहीहरु सबैले क्वेटा छावनीलाई नै आफ्नो कर्मभूमि बनाएर अहिलेसम्म त्यहीं नै बसोबास गरिरहेका थिए | सबैका सपना र भावी भविष्यको कल्पना चकनाचुर भयो | हठात देश विभाजन र त्यसपछिको त्रासदीले सम्पूर्ण विश्वमा नै भुइँचालो आए झैँ भएको छ |

चारैतिर काटमार, चारैतिर भागाभाग, रुवाबासी,बर्बरता र रगतको नदि बगिरहेको छ | सारा शहरमा घरिघरि कर्फ्यु लगिबस्छ | बल्लबल्ल सेना र पुलिसको मदतले चारैतिर वातावरण शान्त भएको छ | अस्पतालहरु घाइते र रोगीहरुको ओइरोले दिनदिनै भरिएको छ | समाजसेवीहरुले पनि अब शरणार्थी क्याम्पको चक्कर काट्न थाले | जनश्रमदानले क्याम्प,बाटोघाटो र शौचालयहरु पनि बनिन थाले |

यसैबीच मानवीर छेत्रीकी स्वास्नी र छोराछोरी सबैजना क्याम्पमा असाध्य दु:ख पाएर फर्के | मनवीरले आफ्नो परिवारलाई जिउँदो, सही सलामत आफ्नो अघि देख्दा, उसको हर्षको सिमा नै रहेन | एका अर्कालाई आँखाभरि आँशु लिएर अंकमाल गरिरहेका थिए | कतिजनाको परिवार अहिलेसम्म पनि बिछोडिएकोले गर्दा मन अमिलो पारेर  एकाअर्कालाई पर्खिरहेका थिए | जिउँदो छ कि छैन भन्ने सोचाईले सबैजना भयभित थिए | एकै छिनमा नराम्रो दु:खद खबरले क्याम्पको वातावरणमा हर्ष र विषाद, दु:ख र सुखका लहर देखिन थाल्यो | एकातिर राष्ट्र स्वाधीन भएकोमा पुरा राष्ट्र नै खुशीयाली मनाइरहेका बेलामा हजारौ परिवारहरु आफन्तहरुका मृत्यु , विछोड र बेपत्ता भएकोमा दु:खी भइरहेका थिए |

एक वर्षपछि चारैतिर वातावरण शान्त भएपछि एक दिन धनवीर र मानवीर करोलबागमा भेटेर एकाअर्काको भलोकुसारी सोधपूछ गरिसकेपछि पो धनवीरले सोध्छ  - " बाबा कतातिर लाग्नु भएको ? "

" उही त हो नानी ! मुल्लाको दौड मस्जिदतक, पेन्सन थाप्नु बैंक गएको | "

" नानीहरुको पल्टन कहिलेसम्म यहाँ बस्छ ?"

"यसै वर्षभित्र राजस्थान जानेवाला छौ |" - भनेर धनवीर विदा माग्छ |

"नानी ! आइतबार छुट्टि भए यसो गरिबको घरमा पनि आउनु नि !" - भन्दै मानवीर अघि बढ्छ |

समय कति छिटो बित्छ | आखिरी एक दिन धनवीर मिठाइको डिब्बा र दुई बोतल रम बोकेर मानवीरको घरमा जान्छ | घर सानै भए तापनि सफा - सुग्घर र सुसज्जित हुन्छ | देवलमा खुकुरी झुन्डिएको हुन्छ |

अलिक अघिल्लो देवलमा चाहिँ सुबेदार मानवीरको मेडल लगाएको फोटो देखेर धनवीरले त्यसबारे जान्न चाहंदा मनवीरले भन्छ - " यो फर्स्ट वर्ल्ड वारको र अर्को सेकेन्ड वर्ल्ड वारको मेडल हो |"

यसै प्रसंगलाई विस्तार गर्दै मनवीरले कसरी पानीजहाजमा चडेर अरबसागरबाट मिश्र हुँदै युरोप पुगेको कथा सुनाउँछ | धनवीर पनि एक अवोध बालक झैँ लट्टीएको झैँ भएर बुडाको बात सुनिरहन्छ | खानापिना सबै सकेपछि तथा रात छिप्पिसकेपछि धनवीर बिदा लिएर बाहिर निस्कन आँटदा मनवीरले दुवै हात जोडेर धनवीरलाई भन्छ - " नानीले अन्यथा नमान्ने हजुरसित एउटा बिन्ति छ | त्यो के हो भने मेरी कान्छी छोरी मनमायाको हात हजुरलाई दिउँ भनेर सोचेको छु |"

धनवीरले अर्को हप्ता आउनेछु भनेर त्यहाँबाट बिदा लिए | धनवीर बाटोमा हिड्दा मनमा नाना किसिमको कल्पना गर्दै आफ्नो क्याम्प पुगे , लखतरान भएर सुतेपछि एकैचोटि बिहान पी० टी० - मा हाजिर भए | आफू एक त लाहुरे, त्यही माथी टुहुरो , आमाबाबु तथा शाखा - सन्तानको टुंगो छैन | आफ्नो बिहे गर्ने उमेर भइसक्यो र रहर पनि छ | साथीभाइको सर- सल्लाह कहिले टेरपुच्छर लगाएन | सबै साथीहरुले उसलाई भन्थे - " नडराउनु  साथी ! कि पदेर जानिन्छ कि परेर | बिहे भएपछि सबै थोक आफै ठीक हुन्छ |"

एक  महिना भित्र नै धनवीर र मनमायाको बिहे भयो | एक वर्षपछि उ सरुवा भएर राजस्थान पुग्छ | मनमाया माइत मै बस्छे | धनवीर दुई महिनाको छुट्टीमा घर आउँदा , मनमायालाई दुई जिउकी छे भन्ने खबर सुनेर उ खुशीले नाच्न थाल्छ | तर एक महिना भित्र नै मनमायालाई बेथा लागेर अस्पताल पुराइन्छ | धनवीरले छुट्टी बढाउन नसकेर पल्टन फर्किन्छ | विवशतामा बाँच्नु परेको यो लाहुरे जीवन, मुटुमाथि ढुंगा राखी बाँच्नु परेको छ |

पल्टन पुगेको तीन दिनभित्रै मनमाया मरेकी तर जन्मिएकी छोरीचाहिँ जिउँदै छ भन्ने मुटु चुडाउने तार आइपुग्छ | धनवीरले कसरी यो बज्रघात सहने ! सबैले सम्झाएर, बुझाएर उसलाई स्वास्नीको अन्तिम संस्कार गर्न छुट्टी पठाए | सबैले उसको दु:खलाई र वेदनालाई बुझेको हुन्छ | लाहुरेहरु पनि सामान्य मानिसहरु झैं हुन् | उनीहरुको पनि हृदय हाम्रो झैँ हुन्छ ढुंगाको हुँदैन |

धनवीर क्रिया - कर्म सकेर हरिद्वार, बद्रीनाथ र केदारनाथ भएर पल्टनमा हाजिर हुन्छ | सबै साथीभाईहरुले उसलाई अर्को बिहे गर्नु भनेर अपहत्ते गर्थे | धनवीर बाघ झैँ गर्जेर रिसाउँथे | " मुर्ख हो ! नजाने गाउँको बाटो किन सोध्नु ? " भनेर हकार्थे | छोरीको भविष्यबारे सोद्धा उ झन विचलित हुन्थे , छोरीको भविष्य बारे सोध्नेलाई अपशब्द प्रयोग गर्दै गाली गर्थे | खर्चपात भने महिनापिछे नै ससुरालीमा पठाउँथे | मनवीरको ठुलो छोरीको जायजन्म केही थिएन | बडो खुसीका साथमा तिनीहरुले त्यो छोरीलाई अपनाए | छोरीको नाम चाहिं स्मृतिमा राखिदिएका थिए | उ सानैदेखि संस्कारी तथा पूजा पाठ गर्न रुचाउने प्रवृतिका थिई | उनलाई मास्टर मित्रसेनले गाएका सबै भजनहरु मुखस्थ थियो |

धनवीर रिटायर्ड हुने बेलामा स्मृतिमा मेडिकलको पदाई गर्दै गरेको खबर सुनेर , आफुले अवकाशप्राप्तपछि पाएको पैसा पठाएर दुई लाइन लेखेको पत्र -

अभागी छोरीलाई

अभागी बाबुको तर्फबाट

भविष्यमा डाक्टर बनेर कुनै सुत्केरी आमालाई मर्न नदिनु बस |

त्यसपछि धनवीर साधु भएर विभिन्न धामहरुको दर्शन गर्दै अनन्त: काशीमा प्राण त्याग गरे |

 

                                                  

 

 

Want to review or comment on this short story?


Need a FREE Reader Membership?


Reviewed by D. THAPA 7/20/2013
डि . आर थापाको कथा—‘’स्मृतिमा’’- ओझेलमा परेको एउटा इतिहासको उत्खनन
नवीन पौड्याल, दार्जीलिङ
सन् १९४७ सालको भारत- पाकिस्तान विभाजन समयको त्रासद् इतिहासबारे हामीले धेरथोर पढेका र सुनेकै छौं। त्यस समयमा पाकिस्तान भूमिबाट लाखौं हिन्दू परिवार भारत आई बसोबासो गरेका हुन्। यद्यपि त्यस ऐतिहासिक घटनामा हाम्रा गोर्खा सन्तान पनि परेको उल्लेख पाइन्न। यता भारतपट्टि शरणार्थी शिविर बसाइएको थियो। त्यस शिविरमा हाम्रा गोर्खा सन्तान पनि लगभग १०-१२ परिवार थिए। उनीहरू क्वेटा छाउनीमा निकै वर्ष बसेपछि मुलुकको राजनैतिक ब्यवस्थाले बज्रापात गर्योव। हजारौं हिन्दू भारतीयहरूको हुलमा हाम्रा गोर्खा पनि आएका थिए। त्यहाँबाट आउँदाका शारीरिक, मानसिक पीड़ा वर्णन गरेर साध्य थिएऩ। इतिहासको यो अप्रकाशित तथ्यलाई श्री डि. आर. थापाले कथाको एउटा सामाग्री बनाएका छन्। उनको स्मृतिमा कथाको मूल विषयवस्तु यही छ।
इतिहासको यस पक्षको उद्घाटन गर्ने हेतुले तयार पारिएको स्मृतिमा कथाले विशेष महत्व पाएको छ। क्वेटा छाउनी कार्यरत कोही कोही गोर्खा सिपाही सेवानिवृत्त भएपछि त्यही छाउनीको छेउछाउमा व्यापार-व्यवसाय गरी त्यही बसेका थिए भन्ने तथ्य पनि प्रस्तुत छ। विधिको विडम्वना र हिन्दू- मुसलमान बैमनस्यबाट उब्जेको पिरो राजनैतिक धुँवाको फलस्वरूप देश विभाजन हुँदा अरूसँगै १०-१२ गोर्खा परिवार पनि भारत आएको तथ्य उक्त कथामा उल्लेख पाइन्छ। भारत-पाकिस्तानमा जनताले एकातिर देश स्वतञ्त्र भएको खुशीयाली मनाइरहेको थिए भने अर्कातिर देश विभाजनको चपेटामा परी हजारौं जनता अनेक प्रकारका यातनाले पीडित भई दुःख मनाइरहेका थिए।
कथाको कथावस्तुलाई र उत्तरार्द्ध गरी दुइ भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ। पूर्वाद्ध कथामा धनवीरको सेनाको एक टुकडी शरणार्थी शिविरमा खटिएको, शरणार्थी शिविरको दर्दनाक अवस्था, त्यहाँको त्रासद् स्थिति, धनवीर र मानवीरको क्वेटामा भएको पहिलो भेट, मानवीरको परिवार बेपत्ता भएको, मानवीर बुढाले दुःख र विरक्ति व्यक्त गरेको, पछिबाट उसको परिवारको पुनर्मिलन भएको घटनाक्रम रहेको छ। कथाको उत्तरार्द्ध भागमा उसले धनवीरलाई फेरि दिल्लीको करोलवागमा भेट्छ र उसको घरमा आउने निम्तो गर्छ। एकदिन धनवीर मानवीरको घर पुग्छ। धनवीर त्यहाँ पुगेको बेला मानवीरले उसलाई आफ्नी छोरी मनमायासित घरजम गर्ने आग्रह गर्छ। धनवीरले उक्त आग्रह स्वीकारी मनमायालाई बिहे गर्छ। धनवीर पल्टनबाट दुई महिनाको छुट्टीमा घर आउँदा आफ्नी पत्नी दोजिया भएको थाहा पाउँछ। उ पल्टन फर्किएको एक महिनामा नै स्वास्नी मनमायालाई बेथा लागेको र नानीलाई जन्म दिएर आफ्नो ज्यान गएको खबर सुन्छ। य़सो हुँदा धनवीर विरक्त हुन्छ। मानवीरकी जेठी छोरीको कोही सन्तान नहुँदा उसैले धनवीरकी छोरी स्मृतिको भरण-पोषण र शिक्षा-दीक्षा जिम्मा लिएकी हुन्छे। पछिबाट स्मृतिले पढेर डाक्टरी पास गर्छे भने धनवीर सन्न्यासी भई काशीबास गरी देह त्याग गर्छ।
यस कथामा कथावस्तुको बुनोट र बनोट पक्ष सामान्य छ। घटना शृङ्खला बुनाइमा केही दुर्बलता पाइन्छ। यद्यपि यस कथाको महत्त्व यसको कथावस्तुको संरचनागत संयोजनभन्दा कथावस्तुको ऐतिहासिक पृष्ठभूमिको संयोजनमा छ। शरणार्थी शिविरको परिदृश्य, त्यहाँको हाहाकारी अवस्था, रोग, भोक र शोकले भरिएको शिविरको अवस्थाको वर्णन तथ्यात्मक रूमा पाइन्छ। यस्तैमा अरू समुदायका बीचमा केही गोर्खा सन्तान पनि पाकिस्तानबाट पलायन गरी अनेक दुःख झेली भारत आएको ऐतिहासिक तथ्य पाइन्छ। कथामा एक ठाँउमा संवादको प्रयोग छ भने कथाको अन्तमा एउटा चिठी छ। यसमा गोर्खाको वीरताको वर्णन छ। वीर मानवीरले प्रथम र द्वितीय विश्वयुद्धमा एकेकवटा मेडल पाएको, त्यतिबेला अरब सागरको मार्ग हुँदै मिश्र देशपट्टिबाट युरोप पुगेको प्रसङ्ग छ। मानवीरले आफ्नो पराक्रमको कथा सुनाउँदा धनवीर छक्क पर्छ। धनवीरहरू जस्ता अनेक वीरताको कथा अलिखित, अचर्चित र ओझेल परेका छन्।
यस कथामा सांस्कृतिक पक्षको पनि झलक पाइन्छ। मानवीरको घर जाँदा धनवीरले मिठाइ र रमको बोतल कोसेली लान्छ, मानवीर आफु बसेको घरलाई चिटिक्क पारी राख्छ, घरको भित्तामा खुकरी झुण्ड्याएको देखिन्छ। उसले नातिनी स्मृतिमालाई मास्टर मित्रसेन थापाका नेपाली भजन सिकाई राम्रो संस्कार दिन्छ। मानवीरले दिल्ली जस्तो परायको मुलुकमा आफ्नी छोरीको बिहेका बारेमा चिन्तित हुन् र यसका निम्ति धनवीरलाई निवेदन गरेको छ।
प्रस्तुत कथाका दुइजना मुख्य पात्र छन् धनवीर र मानवीर छेत्री। दुवै गोर्खा राइफल्सका जवान। एकजना सेनामा कार्यरत जवान र अर्का चाँहि सेनाबाट सेवानिवृत्त भई पाकिस्तानबाट बसाईं सरी आएका वृद्ध पुरूष।मानवीरले गुमाएको परिवार पाउँछ। उसले दुइवटा विश्वयुद्धमा पराक्रम देखाई तक्मा पाउँछ। युद्धकै सिलसिलामा उ युरोप पुगेको छ। यसपछि सेनाबाट सेवानिवृत्त भई क्वेटा छाउनीमा नै घर-गृहस्थी गरी व्यापार चलाउने एक पौरखी पुरूष बनेको छ। भाग्यले साथ नदिँदा उ त्यहाँबाट भारत आई दिल्लीमा बसोबासो गरेको छ। धनवीर पनि एउटा पौरखी, उदार हृदयी, परोपकारी पुरूष हो। उसले शरणार्थी शिविरमा स्वजातिको मानवीरलाई भेटेर सक्दो सेवा गर्छ। पछिबाट दिल्लीमा उसलाई भेट्दा छोरीलाई बिहा गरिदिने निवेदन स्वीकारी मनमायालाई बिहे गर्छ। मानिसलाई भाग्यले सधैं साथ दिँदैन। जातिप्रेमी, कर्तव्यशील, इमानदार,असल मानिस धनवीरको जीवनमा पनि बज्रापात हुन्छ। एउटी छोरी जन्माएर मनमायाको देहावसान हुँदा उसमा विरक्ति आउँछ। अरू साथी भाइले उसलाई दोस्रो बिहेको सल्लाह दिँदा पनि उ मान्दैन। बरू उ सन्न्यासी भई काशीवास गर्नपुग्छ र त्यही देह त्याग गर्छ। मनमाया, स्मृति यस कथाका गौण पात्र हुन् भने मनमायाकी दिदीचाँहि नेपथ्य पात्र हो। मनमायाकी एउटी दिदीको सन्तान नहुँदा स्मृतिमालाई लालन-पालन गर्छे। स्मृतिमा पनि योग्य बाबु र बाजेको योग्य सन्तान हुनाले उसले राम्रो संस्कार पाएकी छ। उ डाक्टर बनी आफ्नो कुल र जातिको मर्यादा राख्छे। कथा छोटो आयामको छ भने यही छोटो आयाममै कथावस्तुगत सघनता पाइन्छ। कथाको कथानक छिटो-छिटो अघि बढ़ाइएको छ।
अतः यस कथाको वस्तुगत संरचनाभन्दा वस्तु चयनगत कौशल, ऐतिहासिक तथ्यको एउटा प्रक्षेपको उद्घाटन जस्ता पक्षलाई नै मूल उपलब्धी मान्नु सकिन्छ। कथाको भाषा सरल छ। प्रायः हाम्रा ठेट शब्द प्रयोग गरिएको पाइन्छ। हाम्रो जनजिभ्रोले पचाइसकेका केही अँग्रेजी शब्दहरू जस्तै रिटायर, मेडिकल, फर्स्ट वल्ड वार, सेकेन्ड वल्ड वाग, मेडल, रिलिफ क्याम्प, पेन्सन इत्यादि प्रयोग भएका छन्।कथाको संरचना छोटो भए पनि यसको ऐतिहासिक पृष्ठभूमि र प्रसङ्गद्वारा बुनेर एउटा कथा बनाइएको छ। जे होस्, कथाकार थापाले यस्ता ताथ्यिक कथावस्तुलाई चयन गरेर हाम्रो इतिहासको एउटा अलिखित पक्षको उत्खनन गरिदिएका छन् । यसका निमित्त उनलाई साधुवाद छ। उनीबाट अझै यस्ता कथा जन्मिउन भन्ने हाम्रो सनिवेदन कामना छ।‘’

नवीन पौड्याल, दार्जीलिङ


Free Book Review Program
Select a book to read and review today!

London: Lashed, Lacerated, Lampooned and Lambasted by Jay Dubya

London: Lashed, Lacerated, Lampooned and Lambasted satirizes 18 popular Jack London novellas with adult content and language and the work is author Jay Dubya's 37th published hardcover/paperback book.  
Member BookAds

Coinman: An Untold Conspiracy by Pawan Mishra

In this eccentric tale set in a small town in northern India, Pawan Mishra masterfully weaves ingenuity and sarcasm in a manner that’s simultaneously hilarious and tragic.  
Member BookAds

Nostalgia Man in Henley-on-Thames: Cosy mystery set in Henley-on-Thame by Paul Bradley

Determined to confront the hazy memories of his troubled youth, Oliver Matthews, a retired detective and confirmed bachelor, returns to the picturesque town of Henley-on-Thames for the first time in years.  
Member BookAds